तप्राङ्गमा पहिरोका कारण दुई परिवार विस्थापित

पाेखरा | असार २१, २०८०

तप्राङ्गमा पहिरोका कारण दुई परिवार विस्थापित तस्बिर: डिल बहादुर क्षेत्री (वडाध्यक्ष)

पोखरा:   कास्कीको मादी गाउँपालिका वडा नं. ६ तप्राङ्गस्थित भेडीखर्कमा पहिरोका कारण दुई घर परिवार विस्थापित भएका छन् । 


गएको असार १९ गते परेको अविरल वर्षाका कारण मादी ६ मा पर्ने काहुँखोला दुधपोखरी ग्रामिण सडकको दोस्रो खण्डमा सजुक भेडीखर्कचोकमा पहिरोका कारण तीन घर विस्थापित भएकाे ​वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए । 

 

उनका अनुसार अन्य तीन घरपरिवार पहिरोको जोखिम परेको छ ।


‘गएको असार १९ गते परेको अविरल वर्षाका कारण काहुँखोला दुधपोखरी ग्रामीण सडकको दोस्रो खण्डमा पहिरोले क्षति पु¥याएको छ’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँग भने, ‘पहिरोले दुई परिवारकाे तीन घर पूर्ण क्षति भएसँगै विस्थापित नै बनाएको छ भने तीन घर परिवारलाई जोेखिम बढाएको छ ।’

 


पहिरोका कारण कमलापति बरालको दुई घर र दिपक बरालको घर र गोठ पहिरोका कारण विस्थापित भएको र सम्सेर पाण्डे, भगवान सिं गुरुङ र विष्णुमाया घर्तिको घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । 


‘पहिरोका कारण विस्थापित भएका दुई घर परिवार मध्ये एकलाई आफन्तको घरमा र एक घरपरिवारलाई समाज घरमा व्यवस्थापन गरेका छौं’, उनले भने, ‘राहतका लागि वडा कार्यालयबाट गाउँपालिकाका सिफारिस गरेका छौं ।’


 

पोखरा ।      गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ ।   पोखरा महानगरपालिका ५ मालेपाटन...

थप पढ्नुहोस्

पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

थप पढ्नुहोस्

पोखरा।       गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

थप पढ्नुहोस्